Rupendehi | खल्ती वालेट दर्ता गरिएको मोबाइल नम्बरमा टपअप गर्दा १० प्रतिशत क्यासब्याक पाइने भएकाे छ । रिचार्ज कार्ड स्क्र्याच गर्नुपर्ने झन्झटलाई न्यूनीकरण गरी ग्राहकको पैसा र समयको बचत गर्न याे अफर सञ्चालनमा ल्याएको खल्तीको ब्रान्ड तथा मार्केटिङ प्रबन्धक शिरिष श्रेष्ठले बताए ।
एनसेल, नेपाल टेलिकम र स्मार्टको टपअपमा लागू हुने यो अफरअन्तर्गत क्यासब्याक पाउन केवाईसी भेरिफाइ रहेको खल्ती आईडीकै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ । यो योजना सीमित समयावधिको मात्र लागू गरिएकाे उनले जनाए ।
हरेक नेपाली महिनाअनुसार एक महिनाको अधिकतम क्यासब्याक रु. १०० हुनेछ । त्यसपश्चात् एक प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ । आफ्नो बाहेक अरुको नम्बर रिचार्जमा पनि सामान्य रूपमा पाइने एक प्रतिशत उपलब्ध हुनेछ ।
रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्जेक्सन हिस्ट्रीमा पुरै क्यासब्याक पाएको देख्न सकिनेछ । एपको टपअप अप्सनमा गई खल्ती आईडीमा रजिस्टर गरिएको मोबाइल नम्बर र रिचार्ज गर्न चाहेको रकम दाखिला गरेर यो सेवा पाउन सकिन्छ ।
You can get 10 percent cashback by tapping on the mobile number registered in your wallet. Shirish Shrestha, the brand and marketing manager of Khalti, said that the offer was launched to save the customer's money and time by minimizing the hassle of scratching the recharge card.
By www.techharaiya.blogspot.com
Tech Learner
0 Comments