Advertisement

Responsive Advertisement

बुटवलमा नमस्ते हाइपर मार्ट सञ्चालनमा, ४० जनालाई रोजगारी || Namaste Hyper Market

   Namaste Hyper Market And Ba Agaro Mart 


 

बुटवलमा बा एग्रो मार्ट सञ्चालनमा आएको छ । कृषकहरुको संयुक्त लगानी रहेको उक्त मार्ट बुटवल–११ कालिकानगर(जोगीकुटी–बसपार्क सडक) मा छ ।

कृषि मार्टसँगै सोही स्थानमा नमस्ते हाइपर मार्ट पनि सञ्चालनमा आउँदैछ । यस अघि रुपन्देहीकै सैनामैनामा सञ्चालित बुद्धनगर एग्रो फार्म लि.(बा फार्म) कै नाममा दर्ता गरी मार्टको स्थापना गरिएको सञ्चालकले जनाएका छन् ।मार्टका बारे सञ्चालकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्।

सो अवसरमा बोल्दै बा एग्रो फार्मकाका अध्यक्ष कुल बहादुर केसीले कृषकहरुको लगानीबाट कृषि क्षेत्रलाई नै प्रवद्र्धन गर्ने उद्देश्यका साथ कृषि मार्टको अवधारणा ल्याइएको बताए ।

हाल सो मार्टमा तीन करोड बढी लगानी रहेको बताउँदै उनले आगामी दिनमा अन्य विभिन्न स्थानमा पनि सोही किसिमका मार्ट सञ्चालनमा ल्याउने जनाए । हाल मार्टमा ४० जनालाई रोजगार सुरु गरिएको बताउँदै ५ वर्षमा ५ शाखा र १० हजारलाई रोजगार दिने लक्ष्य रहेको उनले बताए ।मार्टका कार्यकारी प्रमुख खड्ग थापाले स्वदेशी उत्पादनलाई वृद्धि,प्रवद्र्धन र खपत गर्ने उद्देश्यले मार्टको स्थापना गरेको बताए ।



उनले आगामी तीन वर्षमा शाखा विस्तार गर्दै आइपिओ समेत खोल्ने लक्ष्य रहेको बताए । त्यसैगरी नमस्ते हाइपर मार्टका अध्यक्ष सन्तोष पौडेलले एउटै छाना मुनी कृषिजन्य,दैनिक उपभोग्य लगाएत उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यका सार्थ नमस्ते हाइपर मार्ट पनि बा एग्रो मार्टसँगै स्थपना गरेको बताए ।एग्रो मार्टमा करिब एक सय ५० जना लगानी कर्ता रहेको र सो संख्या बढाउँदै जाने सञ्चालकले बताएका छन् ।

कृषकले न्यूनतम १० हजार र अन्यले एक लाख भन्दा माथिको सेयर लगानी गर्न सक्ने प्रावधान रहेको मार्टमा हाल २१ करोड पूँजी रहेको मार्टका अध्यक्ष कुल बहादुर केसीले बताए । 

आँफै मालिक,आँफै ग्राहक एवम् आफैं उपभोक्ता भन्ने मूल नाराका साथ संचालित दुबै मार्टको आगामी शनिबारदेखि औपचारिक शुभारम्भ हुँदैछ । बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी,बुटवलका उद्योगी-उद्योगी व्यवसायी संस्थाका प्रमुख लगाएतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।बुटवलमा बा एग्रो मार्ट सञ्चालनमा आएको छ । कृषकहरुको संयुक्त लगानी रहेको उक्त मार्ट बुटवल–११ कालिकानगर(जोगीकुटी–बसपार्क सडक) मा छ ।

कृषि मार्टसँगै सोही स्थानमा नमस्ते हाइपर मार्ट पनि सञ्चालनमा आउँदैछ । यस अघि रुपन्देहीकै सैनामैनामा सञ्चालित बुद्धनगर एग्रो फार्म लि.(बा फार्म) कै नाममा दर्ता गरी मार्टको स्थापना गरिएको सञ्चालकले जनाएका छन् ।मार्टका बारे सञ्चालकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्।

सो अवसरमा बोल्दै बा एग्रो फार्मकाका अध्यक्ष कुल बहादुर केसीले कृषकहरुको लगानीबाट कृषि क्षेत्रलाई नै प्रवद्र्धन गर्ने उद्देश्यका साथ कृषि मार्टको अवधारणा ल्याइएको बताए ।

हाल सो मार्टमा तीन करोड बढी लगानी रहेको बताउँदै उनले आगामी दिनमा अन्य विभिन्न स्थानमा पनि सोही किसिमका मार्ट सञ्चालनमा ल्याउने जनाए । हाल मार्टमा ४० जनालाई रोजगार सुरु गरिएको बताउँदै ५ वर्षमा ५ शाखा र १० हजारलाई रोजगार दिने लक्ष्य रहेको उनले बताए ।मार्टका कार्यकारी प्रमुख खड्ग थापाले स्वदेशी उत्पादनलाई वृद्धि,प्रवद्र्धन र खपत गर्ने उद्देश्यले मार्टको स्थापना गरेको बताए ।

उनले आगामी तीन वर्षमा शाखा विस्तार गर्दै आइपिओ समेत खोल्ने लक्ष्य रहेको बताए । त्यसैगरी नमस्ते हाइपर मार्टका अध्यक्ष सन्तोष पौडेलले एउटै छाना मुनी कृषिजन्य,दैनिक उपभोग्य लगाएत उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यका सार्थ नमस्ते हाइपर मार्ट पनि बा एग्रो मार्टसँगै स्थपना गरेको बताए ।एग्रो मार्टमा करिब एक सय ५० जना लगानी कर्ता रहेको र सो संख्या बढाउँदै जाने सञ्चालकले बताएका छन् ।

कृषकले न्यूनतम १० हजार र अन्यले एक लाख भन्दा माथिको सेयर लगानी गर्न सक्ने प्रावधान रहेको मार्टमा हाल २१ करोड पूँजी रहेको मार्टका अध्यक्ष कुल बहादुर केसीले बताए । 

आँफै मालिक,आँफै ग्राहक एवम् आफैं उपभोक्ता भन्ने मूल नाराका साथ संचालित दुबै मार्टको आगामी शनिबारदेखि औपचारिक शुभारम्भ हुँदैछ । बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी,बुटवलका उद्योगी-उद्योगी व्यवसायी संस्थाका प्रमुख लगाएतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

      www.techharaiya.blogspot.com

     Tech Learner

Post a Comment

0 Comments