अब फेसबुक एपबाट सिधै भिडिओ कल र भ्वाइस कल हुने भएको छ । सन् २०१४ मा फेसबुकले भिडिओ कल र भ्वाइस कलका लागि म्यासेन्जर सुरूवात गरेको थियो । उक्त व्यवस्थालाई परिस्कृत गर्दै फेसबुकले फेरि यी फिचर फेसबुकसँगै जोड्न लागेको हो ।
परीक्षणकालका लागि अमेरिकासहित केही देशमा यो सुविधा प्रदान गरिएको छ । फेसबुकमै पुनः कल सुविधा हुने भएपछि म्यासेन्जर एपको प्रयोगमा कटौती आउने अनुमान गरिएको छ ।
त्यसपछि फेसबुकका प्रयोगकर्ताहरु म्यासेन्जर एप डाउनलोड गर्न बाध्य भएका थिए । प्राइभेट म्यासेज, भ्वाइस तथा भिडिओ कल आदिका लागि म्यासेन्जर अनिवार्य आवश्यकता बन्यो ।
कम्पनीले फेसबुक एपमा म्यासेन्जर इन्बक्सको सीमित संस्करण जोड्न परीक्षण गरिरहेको छ । म्यासेन्जरमा स्वीच नगरेरै कसरी राम्रोसँग चलाउन सकिन्छ भनेर अझ विस्तारमा अध्ययन भइरहेको कम्पनीले जनाएको छ ।
फेसबुकले म्यासेन्जरलाई एक ‘स्ट्याण्ड-अलोन एप’ को सट्टा सेवाका रुपका लिन थालेको म्यासेन्जरका प्रडक्ट म्यानेजमेन्ट डाइरेक्टर कोनर हेसले जनाएका छन् ।
फेसबुकले गतवर्ष इन्स्टाग्राम र म्यासेन्जरको बीचमा म्यासेजिङ सुरूवात गरेको थियो । यस सुविधालाई ह्वाट्सएपमा पनि विस्तार गर्ने कम्पनीकाे योजना छ ।
NEWS Source From Tech Pana
Post Written by
Tech Learner
TechHaraiya
0 Comments